हाई लाईटस : फलफूल प्रोसेसिंग प्लान्ट स्थापना सन्दर्भमा परियोजना स्थापनाको अनुदानको सम्बन्धमा प्रस्ताव आव्हानको सूचना तथा प्रस्तावनाको ढांचा (कृषि व्यससाय प्रवर्द्धन तथा बजार विकास निर्देशनालय, हरिहरभवन)  |   ३७ औं विश्व खाद्य दिवस समारोह मनाउने बारे जानकारी  |   राष्ट्रियस्तर, क्षेत्रीय, जिल्लास्तर तथा विशेष कृषि उपज मेलाहरु संचालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना (कृषि व्यवसाय प्रवर्दन कार्यक्रम)  |   ३७ औं विश्व खाद्य दिवसको लागि अंग्रेजी नारा  |   सूची दर्ता गराउने सम्बन्धी सूचना (कृषि व्यवसाय प्रवर्दन तथा बजार विकास निर्देशनालय, हरिहरभवन)  |  

सुचना अधिकारी

पुष्पराज शाही
वरिष्ठ कृषि बजार विज्ञ
मो. नं. - ९८४१४०५५५८, ९८५१२०३५५८ (Official)

- pushpashahi55@yahoo.com

परिचय

निर्वाहमूखी कृषि प्रणालीलाई बजारमूखी, प्रतिस्पर्धी र व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी कृषि उपजको बिक्री वितरणलाई व्यवस्थित बजार प्रणालीबाट उपभोक्तासम्म सरल र उचित मूल्यमा पू¥याउन तिन दशक देखि सांगठनिक संरचना निर्माण तथा पुनर्गठन हुदै परिवर्तनका प्रयासहरु हुने क्रममा उपयुक्त कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकासका लागि वि.सं. २०२९ साल देखि नै खाद्य तथा कृषि बजार सेवा विभागको गठन भै विभिन्न कार्यक्रमहरु संचालन हुदै आएका थिए । वि.सं. २०४९ सालमा कृषि मन्त्रालय अन्तर्गतका सवै विभाग (कृषि विभाग, पशु विकास विभाग, खाद्य तथा कृषि बजार सेवा विभागलाई एक छानामुनी एउटा कृषि विकास विभागमा गाभ्दा यो निकाय बजार विकास महाशाखाका रुपमा परिवर्तन भयो । फेरी संरचना फेर वदल हुने क्रममा वि.सं. २०५७ श्रावण १ गते देखि यसको नाम बजार विकास निर्देशनालय राखियो ।

वि.सं. २०६१ साल बैशाख ११ गते तदनुसार इश्वी सम्वत् २३ अप्रिल, २००४ देखि विश्व व्यापार संगठनको नेपाल पूर्ण सदस्य बनि सकेको वर्तमान परिप्रेक्षमा गुणस्तरीय एवं प्रतिस्पर्धी कृषि उपजको उत्पादन गरी बस्तुको अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात पहुंच र प्रवद्र्धनमा थप जिम्मेवारी व्यहोर्नु पर्ने भएको हुँदा मिति २०६०/०८/०४ को नेपाल सरकारको निर्णय अनुसार कृषि विभाग अन्तर्गत यस निर्देशनालयलाई परीमार्जन गरी नयाँ नामाकरण “कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय” को संरचना मिति २०६१/०१/०१ गते देखि लागु गरिएको हो । आ.व. २०६१/६२ बाट कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय अन्तर्गत बजार अनुसन्धान तथा तथ्याङ्क व्यवस्थापन कार्यक्रम, कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रम र कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम नामक कार्यालयहरु रहेका छन् ।